मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल भारत युवा उद्यमी सम्मेलन आयोजना हुँदै


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १७, २०८२
  • 103
    SHARES

विराटनगर – नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा आगामी जेठ २५ गते एक दिने नेपाल भारत युवा उद्यमी सम्मेलन आयोजना हुने भएको छ।

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले जेठ २५ गते झापाको मेचीनगरमा सम्मेलनको आयोजना गर्न लागेको छ ।

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष शुभम् भट्टराईले बुधवार विराटनगरमा पत्रकार सम्मेलन गरेर नेपाल र भारत बिचको व्यापार विस्तारका लागि सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । सम्मेलनमा नेपाल र भारतका गरी ५ सय भन्दा बढी युवाहरूको सहभागिता रहने जानकारी अध्यक्ष भट्टराईले दिनुभयो  ।

कार्यक्रमको मुख्य उद्देश्य दुवै देशका युवा उद्यमीहरूबिच अनुभव र सीप आदानप्रदान, व्यावसायिक नेटवर्किङ, र दीर्घकालीन सहयोगको सम्भावनालाई मूर्तरूप दिनु हो।

सम्मेलनमा नेटवर्किङ कार्यक्रम, विभिन्न कार्यशाला (वर्कसप) तथा सीमा पार उद्यमशीलता, नीति निर्माणमा युवाको आवाज, स्टार्टअप र नवप्रवर्तन विषयमा गहन छलफलहरू हुनेछन्।

नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरका अध्यक्ष शुभम् भट्टराईका अनुसार,“यो सम्मेलनले सीमा क्षेत्रमा रहेका साझा स्रोतको

सदुपयोग कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा सेवा क्षेत्रमा आधारित स्टार्टअप प्रवर्द्धन गर्न तथा प्रदेशस्तरीय आर्थिक विकासमा महत्त्वपूर्ण योगदा पुर्‍याउने विश्वास गरिएको छ।”

उक्त कार्यक्रममा नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ता, नीति निर्मात, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूलाई एउटै

मञ्चमा ल्याउने र भविष्यका लागि सहकार्यका ढोका खोल्ने सेतुको भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो सम्मेलनले नेपाल भारतबीचको युवा उद्यमशीलता  सम्बन्धलाई अझ सशक्त बनाउँदै, दिगो विकासका दिशामा एक  नयाँ कदम अघि बढाउने विश्वास अध्यक्ष भट्टराईले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)