शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २१, २०८२
  • 173
    SHARES

काठमाडौं – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली कार्यान्वयनलाई एक महिनाका लागि स्थगित गरेको छ।

मंगलबार बसेको मुख्यमन्त्री, मन्त्री, वार्ता समितिबीचको संयुक्त बैठकले राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ एक महिनालाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रलाई उदृत गर्दै राइड सेयरिङ नियमावली कार्यान्वयनलाई एक महिनाका लागि स्थगित गरिएको प्रदेश सचिव एवं वार्ता समिति संयोजकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुन: कार्यान्वयन गरिने बताईएको छ।

यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीलाई सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको भन्दै राइड सेयरिङ नियमावलीको प्रावधान कार्यान्वयन हाललाई स्थगित गर्न पत्र पठाएको थियो।

जेठ १ मा गण्डकी प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरी राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२  लागू गरेको थियो।

सोही नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायी जेठ १६ देखि आन्दोलित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)