बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल ‘रोयल टुलिप’ सञ्चालनमा


  • माउन्टेन खबर
  • सोमवार, असार २, २०८२
  • 280
    SHARES

काठमाडौँ-  लुभ्र होटल्स ग्रुपले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल ‘रोयल टुलिप’ सञ्चालनमा ल्याएको छ।

ललितपुरको ग्वार्कोबाट सञ्चालनमा आएको यस होटलले नेपालकै एक ठूलो र मिटिङ सभाको लागि ठूला हलहरू रहेको बताइएको छ।

त्रिभुवन विमानस्थलबाट ३.५ किलोमिटरको दुरीमा रहेको यस होटलको विकास मासिफ होटल प्रा.लि र व्यवस्थापन सरोबर होटलले गरेको छ।

कोठा संख्याको आधारमा यो नेपालकै ठूलो होटल भएको कम्पनीको दाबी छ।

६ अर्ब ५० करोडभन्दा बढीको  लगानीमा तयार भएको यो होटलमा ३सय ८ वटा कोठा छन्।

हाल होटलले एक सय चार कोठा मात्रै सञ्चालनमा ल्याएको छ। त्यस्तै, डाइनिङको लागि ललितपुर क्याफे छ भने होटलमा द अल्पाइन लाउन्ज एण्ड बार समेत छ।

इभेन्ट (कार्यक्रम)हरू सञ्चालन गर्न होटलमा ३० हजार स्वायर फिट बराबरको क्षेत्र रहेको, ११ हजार स्वायर फिट बराबरका ब्यांकेट र ६ वटा अतिरिक्त मिटिङ हल रहेका छन्। रोयल टुलिप अन्तर्राष्ट्रिय प्रख्यात होटल ब्रान्ड हो।

लुभ्र होटल्स ग्रुपको हाल ७० मुलुकमा एक हजार सात सय ५६ होटल रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)