मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अविरल वर्षापछि धनगढीसहित सुदूरपश्चिमका तराईका जिल्ला डुबानमा


  • माउन्टेन खबर
  • सोमवार, असार १६, २०८२
  • 234
    SHARES

काठमाडौँ –  गएरातिदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका लगायत सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ ।

वर्षापछि धनगढीको मुख्य सडक क्षेत्र, रातोपुल, हसनपुर, शिवनगर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ।

यस्तै, कञ्चनपुरको कृष्णपुर, बेलौरीमा पनि डुबानमा परेको छ। सुदूरपश्चिमका तराईका जिल्लामा डुबानमा परेका छन् भने पहाडी जिल्लामा पनि वर्षा जारी छ।

महाकाली, मोहना, मछेली, दोदा, स्याली, चौधर लगायत नदी तथा खोलाहरूमा पानीको सतह बढेको छ। जल तथा मौसम विभागले नदी तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)