काठमाडौँ, १६ पुस । अङ्ग्रेजी नयाँ वर्ष २०२६ र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सवका अवसरमा ग्राण्डीले उपचारमा भारी छुट दिने भएको छ ।
ग्राण्डीले आज एक सूचना जारी गरी अंग्रेजी नयाँवर्ष तथा अस्पतालको वार्षिकोत्सवको अवसर पारेर जनवरी १ देखि ३१ सम्म लागू हुने गरी उपचारमा भारी छुट दिएको हो ।
अस्पतालका उप महाप्रबन्धक अर्चना प्रधानले रु २०२६ मा फास्टिङ ब्लड सुगर, लिपिड प्रोफाइल, युरिक एसिड, क्रेटिनाइन, एएलटी, युरिन रुटिन, इसिजी, हेमाटोलोजी पोफाइल र डाक्टर कन्सल्टेन्ट गर्न सकिने जानकारी दिनुभयो ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले सन् २०१३ मा स्थापना भएको ग्राण्डीले हाल २०० शैयामार्फत स्वदेशी तथा विदेशी नागरिकको उपचार गर्दे आएको छ ।

