बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीपीले भनेझैँ संवैधानिक राजतन्त्र अहिलेको मुख्य आवश्यकता हो : पूर्वमन्त्री दिपक खड्का


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ८, २०८२
  • 112
    SHARES

काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसका नेता एवम् पूर्व उर्जामन्त्री दिपक खड्काले विपीको विचारअनुसार पार्टी र देशलाई अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेता खड्काले आज सञ्चारकर्मीसँग कुरा गर्दै अहिले मुलुक संकटको अवस्थामा रहेको बताउनुभयो । उहाँले वीपीको विचारअनुसार पार्टी र देशलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

वीपी कोइरालाले मुलुक जोगाउनका लागि मेरो र राजाको घाँटी जोडिएको छ भन्ने प्रसंगलाई उल्लेख गर्दै उहाँले मुलुकलाई अगाडि बढाउन संवैधानिक राजतन्त्र आवश्यक रहेको बताउनुभयो ।

उहाँले लोकतन्त्रको रक्षा र मुलुकको आर्थिक विकासका लागि आगामी निर्वाचनमा देशभर नै कांग्रेसका उम्मेदवारको जीत आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)