अमेरिका –अमेरिकाको लस एन्जलसका साहित्त्यकार डन कार्कीले “मायालुको सिउँदो” गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् I उनको आफ्नै रचना रहेको उक्त प्रेमिल गीतमा हालका लोकप्रिय सङ्गीतकार राजेश थापाको सङ्गीत रहेको छ I राजु कार्कीको एरेंज, मिक्सिङ्ग रहेको छ भने गीतमा प्रमोद खरेलको स्वरलाई किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्डिङ गरेका हुन् I
म्युजिक भिडियोका निर्देशक पूजा ठकुरीको निर्देशन रहेको यो भिडियोमा सिनेमेटोग्राफ़र करण चैसिराले कमल सिंग र पार्वती श्रेष्ठलाई र अन्य सबैलाई नृत्य गराएका हुन् I एडिटिङ्ग र कलरिंङ्ग विनोद बमले गरेका हुन् भने पोष्ट प्रोडक्सन सांग्रिला क्रियासनको रहेकोछ I
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
