मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको क्रियाशील सदस्यता खारेज गर्न नमिल्ने नेता खड्काको भनाइ


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०८२
  • 190
    SHARES

काठमाडौँ-  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको क्रियाशील सदस्यता कसैले खारेज गर्न नमिल्ने बताउनुभएको छ ।

 

 

नेता खड्काले आज एक विज्ञप्ति जारी गरी पार्टी सदस्यता कुनै नेताको भाषणमार्फत खारेज गर्न नसक्ने बताउनुभएको हो ।

 

“निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थामा कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय जायज होइन, हुन सक्दैन”, उहाँले भन्नुभएको छ ।

 

खड्काले पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका सहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)