आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ११, २०८३
  • 138
    SHARES

काठमाडौं – सरकारी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ।

सरकारी बोलपत्र सम्बन्धी वेबसाइटमा अनधिकृत पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीको पक्षमा पारेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी डा. मनोज केसीले गरेका छन्।

पाण्डेसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि सोही कसुरमा पक्राउ गरिएको सिआइबीले जनाएको छ।

उनीहरूमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो।

सोही कसुरमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा पाण्डेमाथि थप अनुसन्धान भइरहेको एआईजी डा. मनोज केसीले बताए। उक्त मुद्दामा हालसम्म जम्मा ९ (नौ) जना शङ्कास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)