आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संघीय निजामती विधेयकको मस्यौदा सार्वजनिक

निजामती कर्मचारीको उमेर हद ६० वर्ष, २ वर्ष कुलिङ पिरियड


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ११, २०८३
  • 121
    SHARES

काठमाडौँ- सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ।

विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त मस्यौदा प्रकाशन गरिएको हो। सरकारले सार्वजनिक गरेको मस्यौदामाथि सरोकारवाला निकाय, कर्मचारी तथा आम नागरिकबाट सुझाव संकलन गर्न सूचना जारी गरिएको छ।

सार्वजनिक गरिएको मस्यौदामा सेवा प्रवेशको उमेर हद घटाइएको छ भने अवकाशको उमेरहद बढाइएको छ ।

यसअघि पुरुषका लागि ३५ र महिलाका लागि ४० बर्ष रहेको सेवा प्रवेशको उमेरहद घटाएर क्रमस ३२ र ३५ गराइएको छ । ५८ बर्षे अनिवार्य अवकासको उमेरहद् बढाएर ६० पुर्याइएको छ ।

सूचनाअनुसार, प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय-सुझाव पेश गर्न आग्रह गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)