आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २५, २०८३
  • 147
    SHARES

काठमाडौँ – संवैधानिक परिषद्ले चौथो वरियताका डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि चौतर्फी विवादित बनेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै उक्त सिफारिस शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गरेका छन्।

रिट दर्ता प्रक्रियामा रहेको बताइएको छ। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित वरिष्ठतामा अगाडि रहेका न्यायाधीशहरूलाई छाडेर शर्मालाई सिफारिस गरेको थियो।

निर्णयमा परिषद्भित्रै मतभेद देखिएको थियो। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले असहमति जनाए पनि अन्ततः प्रधानमन्त्री बालेन्द्र शाह ले शर्माकै नाम अघि बढाएका थिए।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै विवाद सिर्जना भएपछि न्यायपालिकाको नेतृत्व चयन फेरि राजनीतिक र संवैधानिक बहसको केन्द्रमा पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)