शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २८, २०८३
  • 192
    SHARES

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ । वासिङ्टन र बेइजिङबीच भन्सार महशुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दाबी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ।

राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको शुरुमा भ्रमण गर्ने कार्यक्रम तय भएको पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उहाँले यसअघि आफ्नो भ्रमण स्थगित गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्न लाग्नुभएको छ । अमेरिकी अधिकारीहरुका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ । चीन इरानी तेलको लागि एक प्रमुख ग्राहक हो ।

मुख्यतया, उसले इरानबाट विशेष सहुलियत दरमा ठूलो पैमानामा कच्चा तेल आयात गर्ने गर्दछ । “यो भ्रमण निकै साङ्केतिक महत्वको हुनेछ,” अमेरिकी प्रमुख सहायक प्रेस सेक्रेटरी अन्ना केलीले संवाददाताहरूसँग भन्नुभएको छ।

उहाँले भन्नुभयो, “अवश्य पनि, राष्ट्रपति ट्रम्प कहिल्यै पनि प्रतीकवादको लागि मात्र यात्रा गर्नुहुन्न । अमेरिकी जनताले राष्ट्रपतिबाट हाम्रो देशको तर्फबाट थप राम्रो सम्झौता गर्ने आशा गर्न सक्छन्।” ह्वाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेइजिङस्थित ‘टेम्पल अफ हेभन’को भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन्। सन् २०१७ पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)