शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको औपचारिक राजकीय भ्रमणमा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३०, २०८३
  • 171
    SHARES

काठमाडौ-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विशेष विमानमार्फत पैचिङ पुग्नुभएको छ । राष्ट्रपति ट्रम्पलाई चीनका उप(राष्ट्राध्यक्ष हान चङले विमानस्थालमा उहाँलाई स्वागत गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा, अमेरिकी राष्ट्रपति ट्रम्प मे १३ देखि १५ सम्म चीनको औपचारिक राजकीय भ्रमणमा हुनहुन्छ ।

यो चीन-अमेरिका दुई देशका राष्ट्रप्रमुखहरूको गत वर्ष अक्टोबरमा बुशानमा भएको भेटपछि फेरि आमनेसामने भेट हो। साथै अमेरिकी राष्ट्रपति ९ वर्षपछि चीन भ्रमणमा आउनु भएको हो।

चिनियाँ राष्ट्राध्यक्ष सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग चीन-अमेरिका सम्बन्ध, विश्व शान्ति तथा विकाससँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा गहन रुपमा वैचारिक आदानप्रदान गर्नुहुने चिनियाँ संञ्चारसंस्था सिजीटिएनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)