सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसलाई मिलाएर अघि बढाउने जिम्मेवारी मेरो हो : गगन थापा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३१, २०८३
  • 138
    SHARES

पोखरा-  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई मिलाएर अघि बढाउने, जोगाउने र समयमै अधिवेशन गराउने जिम्मेवारी आफ्नो भएको बताएका छन् ।

पोखरामा बिहीबार आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सभापति थापाले यस्तो बताएका हुन् । ‘म अहिले जिम्मेवारीमा छु। पार्टी मिलाउनु पनि छ, जोगाउनु पनि छ, अगाडि बढाउनु पनि छ र अधिवेशन गराउनु पनि छ’, उनले भने।

उनले पार्टीलाई छिटो अघि बढाउँदै सबैलाई समेटेर लैजाने पनि बताए । उनले पार्टीका असन्तुष्ट नेताहरूको योगदानको सम्मान गर्ने स्पष्ट पारे।

सभापति थापाले भने, ‘उहाँहरूले मभन्दा धेरै वर्षदेखि पार्टीमा काम गर्नुभएको छ। उहाँहरूको योगदानको अवमूल्यन गर्ने मसँग कुनै अधिकार छैन । यो जिम्मेवारी अस्थायी हो ।’

विशेष महाधिवेशनमा भाग लिए वा नलिएको आधारमा पार्टीभित्र कसैलाई पनि भेदभाव नगरिने उनले बताए । यस्तो आधारमा कुनै पनि नेता वा कार्यकर्तालाई फरक व्यवहार नगर्ने स्पष्ट पारे ।

विशेष महाधिवेशनको प्रक्रिया सकिएको भन्दै अब सबैलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

थापाले भने, ‘को विशेष अधिवेशनमा आएको थियो, को आएको थिएन भन्ने आधारमा मैले पार्टी सभापतिको रूपमा कसैलाई फरक व्यवहार गरेँ भने त्यो ठूलो गल्ती हुन्छ। त्यो म गर्दिनँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)