काठमाडौँ – कांग्रेस सांसद मोहन आचार्यले रसुवा र नुवाकोट जोड्ने फलाखु पुल तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।
प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसद मोहन आचार्यले रसुवा र नुवाकोट जोड्ने फलाखु पुल निर्माण सम्पन्न भईसकेको लामो समय हुदाँ पनि सञ्चालनमा आउन नसक्दा नागरिकलाई पुरानै पुल प्रयोग गर्नुपर्ने बाघ्यता रहेकाले फलाखु पुल तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।
