मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा बढ्दो विपत् जोखिम प्रति समयमै सरकारको ध्यान जाओस्: सांसद आचार्य


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 196
    SHARES

काठमाडौँ – रसुवामा गत वर्ष लेन्दी खोलमा आएको विनाशकारी बाढीका कारण रसुवागढी ,टिमुरे ,स्याप्रुवेशी,  मैलुङ  पैरोवेशी कैदलीटार र बेत्रावतीका बस्तीहरू अहिले पनि जोखिममा रहेको भन्दै सांसद मोहन आचार्यले तत्कालै नदी नियन्त्रण र तटबन्धको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण  गराए।

 

 

 

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रसुवाबाट प्रतिनिधित्व गर्ने  सांसद आचार्यले तत्कालै नदी नियन्त्रण र तटबन्धको व्यवस्था नगर्ने हो भने यो वर्ष झन् ठुलो विपत् निम्तने अवस्था छ त्यसैले समयमै यस तर्फ ध्यान दिन सरकार सँग माग गरे।

लाङटाङ पदमार्गमा पर्ने खोलाहरूमा पुल नहुँदा गत वर्ष भक्तपुरबाट घुम्न गएका चार जनाले अकालमा ज्यान गुमाउनु परेको प्रसङ्ग उल्लेख गर्दै सांसद आचार्यले भने  यो वर्ष पनि बर्सात सुरु हुनै लाग्दा पनि पुलहरू बन्न सकेका छैनन् त्यसैले तत्कालै अस्थायी पुल निर्माण गर्न र वर्षा पछि स्थायी झोलुङ्गे पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँछु।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)