शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परराष्ट्र मन्त्री खनाल भारतको औपचारिक भ्रमणका लागि भोलि दिल्ली जाँदै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • 116
    SHARES

काठमाडाैँ – परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल जेठ २२ देखि २४ गते (जुन ५–७) सम्म भारत भ्रमणमा जान लागेका हुन्।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतका विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटका क्रममा दुवै पक्षबीच व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ।

 

उच्चस्तरीय भ्रमण आदान–प्रदानको नियमित प्रक्रियाअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)