मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २७, २०८३
  • 104
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागमती प्रदेश अधिवेशन अन्तर्गत सञ्चालन भइरहेको निर्वाचन कार्यक्रम केही समयका लागि मात्र स्थगित गरिएको स्पष्ट गरेको छ।

आयोगले आज जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्ने सूचना भ्रामक रहेको जनाएको छ। आयोगका अनुसार जेठ २६ गते पूर्वनिर्धारित कार्यतालिकाअनुसार सञ्चालन भइरहेको अधिवेशनलाई प्राविधिक तथा व्यवस्थापकीय कारणले जेठ २७ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो।

यसबीच अधिवेशन रद्द भएको भन्ने गलत सूचना फैलिँदा केही प्रतिनिधिहरू मतदान स्थलबाट फर्किएको विषयप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले अधिवेशन रद्द नभई निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन अस्थायी रूपमा मात्र स्थगन गरिएको स्पष्ट पारेको छ।

आयोगका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न तथा करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको सम्बोधन गर्न समय आवश्यक परेकाले निर्वाचन प्रक्रिया रोकिएको हो।

त्यसैगरी प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई थप सहज, व्यवस्थित र विश्वसनीय बनाउन पनि कार्यक्रम स्थगन गरिएको आयोगले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधि तथा सम्बन्धित सबै पक्षलाई आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न आग्रह गर्दै निर्वाचन कार्यक्रमबारे थप जानकारी समयमै सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)