सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेती पुलको भौतिक प्रगति ६१ प्रतिशत, समयमै साइड क्लियर नहुँदा काममा ढिलाइ


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २८, २०८३
  • 93
    SHARES

कास्की – पृथ्वीराजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पु¥याइएको हो ।

सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल  एक अर्ब सात करोड रुपैयाँको लागतमा निर्माण गर्नका लागि विसं २०७९ भदौ २६ गते ठेक्का सम्झौता गरिएको थियो ।

 

 

एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको पुल तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याद थप गरिएको थियो ।

हालसम्म पुलको ६१ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ ।

सेती नदीको उत्तर साइडमा कार बासलगायत जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको थियो । तर, जग्गाधनीको मागअनुसार यसको क्षतिपूर्ति र मुआब्जा दिनुपर्नेलगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ । पछिल्लो समय दुई जना जग्गाधनी केदार पौडेल र माधव पौडेलले समेत मुआब्जा बुझेको र असार पहिलो साताभित्रमा संरचना खाली गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख कुँवरले बताउनुभयो ।

“जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन, जसका कारणले समेत काममा अवरोध भयो । केही दिनअघि उहाँहरूले मुआब्जा लिनुभएको छ । अब साइडमा कुनै पनि समस्या छैन, काम रोकिने अवस्था आउँदैन,” कुँवरले भन्नुभयो ।

सेती पुलको हालसम्म १२० पाइल फाउन्डेसन सकिएको, पाइल क्याप तथा चार वटा टावरको काम सकिएको छ । यसै गरी, एउटा पुलमा गर्डर र क्रस गर्डरको काम सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)