बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कति जनाले गरे कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक ?


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • 105
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभरबाट उत्साहजनक सहभागिता भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार राति १२ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार अधिकांश क्रियाशील सदस्यहरूले अद्यावधिक प्रक्रियामा उल्लेखनीय सहभागिता जनाएका छन् ।

 

 

 

विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये बिहीबार राति १२ बजेसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत एनसी आईडी प्राप्त गरिसकेका छन् । त्यस्तै, १ लाख ४९ हजार ३०९ जनाले स्वयम् अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक प्रक्रियामा रहेका छन् ।

पार्टीले इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भू–भाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ ।

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने पनि स्पष्ट गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)