मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फिफा विश्वकप: मोरक्कोसँग बराबरीमा रोकियो पाँच पटकको विश्व विजेता ब्राजिल


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३१, २०८३
  • 112
    SHARES

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले अंक बाँडेका छन्।

खेलको सुरुवातमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै दबाब सिर्जना गरेको थियो। २१औँ मिनेटमा ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै आई. साइबारीले सुन्दर गोल गरेर मोरक्कोलाई अग्रता दिलाएका थिए।

तर, मोरक्कोको यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ३२औँ मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले बराबरी गोल फर्काए।

उनले ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा गोल गर्दै खेललाई १-१ को स्थितिमा ल्याएका थिए। पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले निर्णायक गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेनन्।

इन्जुरी समयको अन्तिम मिनेटसम्म पनि दुवै टोलीले जितका लागि निकै संघर्ष गरेका थिए। खेलमा मोरक्कोको रक्षापंक्तिले ब्राजिलियन आक्रमणलाई दोस्रो हाफमा पूर्ण रूपमा विफल तुल्याइदिएको थियो।

यो बराबरीसँगै समूह ‘सी’ मा रहेका ब्राजिल र मोरक्कोले समान १-१ अंक बाँडेका छन्। यसै समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)