मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी


  • माउन्टेन खबर
  • सोमवार, असार १, २०८३
  • 94
    SHARES

काठमाडौं-  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को एक अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा एसियाली पावरहाउस जापानले उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई २-२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ।

एटीएन्डटी स्टेडियममा भएको खेलमा मध्यान्तरसम्म गोलरहित बराबरी भएकामा ५१ औँ मिनेटमा भर्गिल भान जिकले गोल गर्दै नेदरल्याण्ड्सलाई प्रारम्भिक अग्रता दिलाए ।

५७ औँ मिनेटमा केटो नाकामुराले गोल गर्दै जापानलाई बराबरीमा ल्याए ।

 

६४ औँ मिनेटमा क्रिसेन्सिओ समरभिल्लेले गोल गर्दै नेदरल्याण्ड्सलाई फेरि अग्रता दिलाए । तर ८९ औँ मिनेटमा डाइची कामादाले गोल गर्दै जापानलाई बराबरीमा ल्याउन सफल भए ।

खेलमा नेदरल्याण्ड्सले ६० प्रतिशत बल नियन्त्रणमा लिन सफल भए पनि टिमलाई जिताउन भने सकेन ।

टार्गेटमा पनि नेदरल्याण्ड्सले ६ ओटा प्रहार गरेको थियो । जबकि जापानले ३ ओटामात्र प्रहार गरेको थियो ।

यो खेलसँगै समूह एफमा जापान र नेदरल्याण्ड्सले समान १–१ अंक बटुलेका छन् भने स्वीडेन र ट्युनिसियाले बिहान ७ः४५ बजे पहिलो खेल खेल्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)