काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूले मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ ।
आजको बैठकमा सांसद मोहन अचार्यले पूर्वाधार निर्माणका देखिएका समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमा अध्यादेशमार्फत सुधार गरिएको भए पनि अझै पनि समस्या रहेको बताउनुभयो ।
यसले गर्दा अन्तरराष्ट्रिय निर्माण व्यवसायीले समेत कठिनाइ भोग्नु परेको उहाँले जानकारी गराउनुभयो ।
