बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ई–पासपोर्ट खरिद प्रकरण

अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र


  • माउन्टेन खबर
  • बिहिबार, असार ४, २०८३
  • 105
    SHARES

काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रकरणमा अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । तत्कालीन विभागीय मन्त्रीको हैसियतमा उक्त प्रकरणमा जवाफ दिन आयोगले बोलाएको हो । आयोगको अनुसन्धान अधिकृतको टोलीले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर ‘बयानका लागि हाजिर हुन आउनु’ भनी म्याद तामेल गरेको छ ।

आयोगले तीन दिन भित्र उपस्थित हुन पत्र पठाएको भएपनि राणाले इमेलबाट आफू विदेशमा रहेकाले तोकिएको समयमा उपस्थित हुन नसक्ने जवाफ पठाउनु भएको जनाईएको छ । उहाँले स्वदेश आएपछि मात्रै आयोगमा उपस्थित हुनसक्ने जवाफ दिनु भएको स्रोतले जनाएको छ ।

 

आयोगको सूचनामा भनिएको छ– ‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं १२, कोठा नं १२ टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानून बमोजिम हुनेछ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)