बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०८३
  • 30
    SHARES

काठमाडाैँ – संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

बुधवार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भएका तीन जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो । प्रश्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाई मंगलवार भएको थियो भने प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाई बुधवार सम्पन्न भएको हो ।

समितिका सभापति वोधनारायण श्रेष्ठले सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रश्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गर्नुभयो । समितिले अनुमोदनका साथै प्रश्तावित पदाधिकारीहरूलाई उहाँहरूले प्रश्तुत गरेको कार्ययोजना परिमार्जन गरी पुनः पेश गर्न निर्देशन समेत दिएको छ ।

सुनुवाईका क्रममा सांसदहरूले दिएका सुझावहरूलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिले आग्रह गरेको छ । परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, उपलब्धि र ती लक्ष्य हासिल गर्न सघाउने क्रियाकलापहरू स्पष्ट खुलाई समितिमा पेश गर्नुपर्ने निर्णय गरिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)