बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाजुरामा बस दुर्घटना, २१ जना घाइते


  • माउन्टेन खबर
  • आइतवार, असार ७, २०८३
  • 120
    SHARES

काठमाडौँ- बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–१०स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेका बेला दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका २१ जनामध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य दुई जना सामान्य घाइते भएकाले प्राथमिक उपचारपछि घर फर्किएका छन्।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)