बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लागुऔषध दुरुपयोग नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यक: सभापति थापा


  • माउन्टेन खबर
  • शुक्रबार, असार १२, २०८३
  • 83
    SHARES

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले लागुऔषध नियन्त्रणसँगै अन्य महत्वपूर्ण विधेयकहरु संसदमा नल्याए राजनीतिक रुपमा दबाब बढाउनुपर्ने समेत बताउनु भयो । सभापति थापाले लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणका लागि कानूनी तथा नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनका साथै सुरक्षा निकायको क्षमाता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा बनेका कानुनले संघीय शासन व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी स्पष्ट रूपमा समेट्न नसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले कतिपय विधेयकहरु पार्लियामेन्टमा नल्याउँदै गर्दा सरकारलाई विधेयक ल्याउनको लागि हामीले दबाब सिर्जना गर्नुपर्छ । हामीसँग त्यसका लागि अनेकल टुल हुनसक्छन् । आजको छलफलबाट आज हामीले यसमा काम गर्ने हो । हामीले लागुऔषध दुरुपयोग तथा तथा अवैध ओसारपसारविरुद्धको पोलिसीमा पनि काम गर्नुपर्ने छ । लागुऔषध दुरुपयोग तथा तथा अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीको क्षमाता अभिवृद्धिदेखि लिएर जतिबेला यो सम्बनधी कानून थियो त्यो समयमा संघ सरकार, प्रदेश सरकार र स्थानीय तहले के गर्ने भन्ने कुरा भएको थिएन । अहिले अब संघको कानून बनिसकेपछि तलका निकायहरुलाई पनि कानून बनाउन सजिलो हुन्छ । हामीले यसमा पनि काम गरौँ ।’

उहाँले लागूऔषध नियन्त्रणसम्बन्धी प्रभावकारी नीति निर्माण, कानुनी संरचना सुदृढीकरण र कार्यान्वयन संयन्त्रलाई थप बलियो बनाउन आफ्नो पार्टीले सक्रिय रूपमा काम प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)