बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति


  • माउन्टेन खबर
  • बिहिबार, असार १८, २०८३
  • 89
    SHARES

काठमाडौं –   पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल विरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले तेस्रो पटक म्याद थप गरेको छ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला को इजलासले बिहीबार पौडेललाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

यसअघि अदालतले पहिलो पटक ७ दिन र दोस्रो पटक ३ दिनको म्याद थप गरेको थियो। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई असार ८ गते सुर्खेत बाट पक्राउ गरिएको थियो।

यता, पौडेलको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालत ले सम्बन्धित मुद्दाको मिसिल झिकाउन आदेश दिइसकेको छ। उक्त रिटमाथिको सुनुवाइ प्रक्रिया भने जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)