बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी र खाँडसहित १४ जना दोषी


  • माउन्टेन खबर
  • बुधबार, असार २४, २०८३
  • 69
    SHARES

काठमाडौँ –   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित १४ जना दोषी ठहरिएका छन् । सात जनाले सफाइ पाएका छन् । फरारको हकमा कानून बमोजिम मुद्दा मुल्तबीमा राखिएको छ ।

काठमाडौँ जिल्ला अदालतले मंगलबार उनीहरूलाई दोषी ठहर गरेको हो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले उक्त मुद्दामा कसूर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको हो । उनीहरूले संगठित रुपमा ठगी गरी उक्त कसूरबाट राज्यविरुद्धको अपराध गरेको अदालतको आदेशमा उल्लेख छ ।

दोषी ठहर हुनेहरूमा एमालेका नेता रायमाझी र कांग्रेस नेता खाँडसहित इन्द्रजीत राई, टेकनारायण पाण्डे, टेकनाथ रिजाल केशव दुलाल, सानु भण्डरी, सागर राई, सन्देश शर्मा, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरन्जकुमार खरेल रहेका छन् ।

त्यसैगरी एकीकृत कसूरतर्फ खाण, रिजाल, केसी, मियाँ, महर्जन र निरन्जकुमार खरेलले राज्यविरुद्धको कसूरमा मतियारका रुपमा अपराध गरेको आदेशमा उल्लेख छ ।

मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आषिश बुढाथोकीले पाए सफाइ पाएका हुन् । फरार रहेका अभियुक्तका हकमा पक्राउ परेका बखत कानुन बमोजिम हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ ।

अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी फरार छन् । उनीहरू पक्राउ परेपछि कानून अनुसार हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)