बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


  • माउन्टेन खबर
  • बुधबार, असार २४, २०८३
  • 85
    SHARES

काठमाडौँ –  विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा अदालतले अनुसन्धानका लागि म्याद थप गरेको हो। पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। पक्राउपछि उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

अनुसन्धान जारी रहेकाले आवश्यक प्रमाण सङ्कलन तथा सोधपुछका लागि अदालतबाट थप पाँच दिनको म्याद प्राप्त भएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)