बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौंमा प्रदर्शन


  • माउन्टेन खबर
  • आइतवार, असार २८, २०८३
  • 64
    SHARES

काठमाडाैँ-  सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्बासीहरुमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आईतवार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

सरकारले गरिव सुकुम्बासीहरुमाथि समेत बर्बर दमन गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिन बाध्य हुनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताउनु भयो । उहाँले सरकारविरुद्ध आफूहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी समेत दिनुभयो ।

कार्यवाहक अध्यक्ष परिश्रमीले भन्नुभयो,‘पञ्चायत कालमा पनि यति साह्रो बर्बर दमन भएको थिएन गरिवहरुमाथि । यो बर्बर दमन भएको छ । अव ७० लाख सुकुम्बासीहरुले अब सहने छैनन् । यसैको विरोधमा आज हामीले भत्सर्नास्वरुप विरोध गर्नका लागि सुकुम्बासी अभियन्ता संघ, संगठन, जेन–जी मोभमेन्टका भाईबहिनीहरु, आज यो माईतीघर मण्डलामा आएका छौँ । सरकारले झन ज्यान जोखिममा पारेर बाढी नै कम्मर कम्मरमा आउने गरेर सरकारले राखेको छ । यो हो व्यवस्थापन सरकारको ? यो नामर्द सरकार हो । यो कायर सरकार । गरिवहरुसँग किन डराउनु परेको ? सक्छौ व्यवस्थापन गर सरकार । सक्दैनौ भने हामी त्यही थाँतथलोमा आएर बस्छौँ । अब हामी देशव्यापी आन्दोलन गर्दछाँै । त्यो बेला यो सरकारको आयु कति लामो हुन्छ ? गरिवलाई नजिस्का सरकार । हामी गरिवलाई जिस्क्याईस भने तेरो आयु कम हुन्छ । यो सरकारको आयु करिव सकिएको जस्तो लाग्दैछ ।’

त्यस क्रममा प्रर्दशनकारीहरुले सरकारको  दमन र गैरन्यायिक पक्राउ विरुद्ध चर्का नाराबाजी लगएका थिए । सुकुम्बासीमाथिको अन्यायको अन्त्य गर, जनताको आवाज दवाउन पाईदैन,  गरिवमाथिको अन्याय बन्द गर, सुकुम्बासी यहाँ छ, रवि–बालेन कहाँ छ ? गरिवमारा सरकार–मुर्दावाद लेखिएको प्लेकार्ड पनि प्रदर्शनकारीहरुले प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)