बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा बन्द


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०८३
  • 54
    SHARES

काभ्रे- रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन तथा सुरक्षा निकायले तत्कालका लागि सवारी आवागमन “होल्ड” गरेका छन्।

 

 

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकद्वारा आज दिउँसो १२:३३ बजे जारी सूचनाअनुसार यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकता दिँदै राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकिएको हो।

प्रहरीले सडकमार्गमा कुनै अवरोध नरहेको यकिन भएपछि अर्को सूचना जारी गरी यातायात सञ्चालन पुनः सुचारु भएको जानकारी गराइने जनाएको छ।

यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र थप जानकारीका लागि नेपाल प्रहरीको आपतकालीन नम्बर १०० तथा ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)