बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दुईतर्फी सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक खण्ड


  • माउन्टेन खबर
  • मङ्लबार, असार ३०, २०८३
  • 63
    SHARES

धादिङ : पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सडक अवरुद्ध भएपछि मंगलबार बिहानैदेखि मेशिन परिचालन गरी पहिरो पन्छाउने काम गरिएको थियो । बाँकी रहेको पहिरो पूर्ण रूपमा हटाइएपछि सडकमा सवारी आवागमन सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

 

सडक सञ्चालनमा आए पनि वर्षायामका कारण थप पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सडक डिभिजन भरतपुरले लेन अनुशासन पालना गर्न, अनावश्यक ओभरटेक नगर्न तथा सीमित गतिमा सावधानीपूर्वक सवारी चलाउन सबै चालकलाई अनुरोध गरेको छ । यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)