बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा प्रेस स्वतन्त्रताप्रति ‘इन्टरनेसनल युनियन अफ जर्नलिस्ट्स’ (IUJ) को गम्भीर चिन्ता


  • माउन्टेन खबर
  • बुधबार, असार ३१, २०८३
  • 87
    SHARES
काठमाडौँ – ‘इन्टरनेसनल युनियन अफ जर्नलिस्ट्स’ (IUJ) ले नेपालमा वर्तमान सरकार गठन भएयता प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुग्ने घटनाहरू भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ
IUJ का महासचिव जेड ए मुहम्मद (Z A Muhammad) द्वारा जारी गरिएको विज्ञप्तिमा नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार मान्यताद्वारा प्रत्याभूत गरिएका लोकतान्त्रिक मूल्य, विधिको शासन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई कडा आग्रह गरिएको छ ।

 

नेपालको संविधानद्वारा प्रत्याभूत र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डद्वारा मान्यता प्राप्त प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, नागरिकका मौलिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य(मान्यताहरूलाई कमजोर पार्ने खालका गतिविधिहरूप्रति युनियन अत्यन्त चिन्तित छ। स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने वा सञ्चारकर्मीहरूलाई धम्क्याउने गरी सरकार वा सरकारको समर्थनमा रहेका व्यक्ति वा समूहहरूबाट चालिने कुनै पनि कदम लोकतान्त्रिक समाजको सिद्धान्तविपरीत हुन्छन् IUJ का महासचिव जेड ए मुहम्मद (Z A Muhammad) द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजनलगायतका प्रमुख सञ्चार संस्थाहरूको प्रवेशद्वारमा अनधिकृत अवरोध खडा गरिएका खबरहरू, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई दिइएको धम्की तथा उनलाई नियन्त्रणमा लिने प्रयास, र निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने नीतिहरू अत्यन्त चिन्ताजनक छन्। यस्ता गतिविधिले स्वतन्त्र समाचार संकलन तथा प्रसारणलाई निरुत्साहित गर्ने र सञ्चार माध्यमको विविधतालाई कमजोर पार्ने वातावरण सिर्जना गर्छन्  विज्ञप्तिमा भनिएको छ।

इन्टरनेसनल युनियन अफ जर्नलिस्ट्स नेपाल सरकारलाई विधिको शासन कायम राख्न तथा नेपालको संविधानमा व्यवस्था गरिएका प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सबै नागरिकका मौलिक अधिकारलगायतका संवैधानिक प्रत्याभूतिहरूको पूर्ण सम्मान गर्न सादर आग्रह गर्दछ। साथै, नेपाली जनताबाट अभूतपूर्व जनादेश प्राप्त गरेको वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य- मान्यता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताप्राप्त मापदण्डहरूप्रतिको आफ्नो प्रतिबद्धता शब्द र व्यवहार दुवैबाट पुनः पुष्टि गर्न हामी आग्रह गर्दछौं विज्ञप्तिमा भनिएको छ।

नेपालका पत्रकार तथा सञ्चार संस्थाहरूमा बढ्दै गएकोआत्म- सेन्सरसिप (स्व-नियन्त्रण) को अवस्थाप्रति पनि युनियन गम्भीर चिन्ता व्यक्त गर्दछ। धम्की, प्रतिशोध वा अन्य प्रकारका दबाबको डरले पत्रकारहरूले समाचार रोक्न वा नरम बनाउन बाध्य महसुस गर्ने वातावरणले लोकतान्त्रिक शासन व्यवस्था, पारदर्शिता र जनताको सूचनाको हकका लागि गम्भीर खतरा निम्त्याउँछ विज्ञप्तिमा भनिएको छ।।

इन्टरनेसनल युनियन अफ जर्नलिस्ट्सु सम्बन्धित सबै निकाय र सरोकारवालाहरूलाई नेपालको संवैधानिक दायित्व तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअन्तर्गतका प्रतिबद्धताहरू बमोजिम पत्रकारहरूले आफ्ना व्यावसायिक जिम्मेवारीहरू स्वतन्त्र, सुरक्षित र निर्भयका साथ पूरा गर्न सक्ने वातावरण सुनिश्चित गर्न आह्वान गरेको छ।

statement nepal

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)