१९ जुलाई २०२६ मा नेपाली कलाकार प्रस्तोता समाज बेलायतको चौथो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ । बेलायत – केन्टको आश्फोर्ड स्थित पेरिश चर्च हलमा १८ जुलाई शनिबार साँझ नेपाली कलाकार प्रस्तोता समाज बेलायतको चौथो वार्षिक उत्सव विशेष सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय नेपाली समुदायका विभिन्न क्षेत्रका अगुवा व्यक्तित्वहरू तथा कला संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सगरमाथा गोर्खा नेपाली समाज आश्फोर्डका अध्यक्ष मोहन लिम्बू प्रमुख अतिथि तथा गोर्खा पिस फाउन्डेसनका अध्यक्ष भीम लिम्बू विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए भने समाजका अध्यक्ष थिर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कल्पना राईले स्वागत मन्तव्य दिएकी थिइन्।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको औपचारिक कार्यक्रम सचिव शोभराज गुरूङले संचालन गरेका थिए भने प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। उपाध्यक्ष कल्पना राई र सह-सचिव गणेश पुनको संयुक्त सञ्चालनमा रहेको दोस्रो चरणको मनोरन्जनात्मक कार्यक्रममा स्थानीय तथा नेपालबाट आएका चर्चित कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुत गरी दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए भने नेपालबाट आएका कलाकारहरूलाई सम्मान-पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष थापाले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै वार्षिक उत्सव सम्पन्न भएको घोषणा गरेका थिए।






प्रतिक्रिया
सम्बन्धित समाचार
