बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री


  • माउन्टेन खबर
  • बुधबार, साउन ६, २०८३
  • 101
    SHARES

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

नेपालको हस्तकला क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनका विषयमा केन्द्रित छलफल बिहान ११:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय गरिएको छ।

छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा हस्तकला क्षेत्रका शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुने कार्यक्रम छ।

बैठकमा हस्तकला उद्योगको प्रवर्द्धन, निर्यात विस्तार, नीतिगत सुधार तथा यस क्षेत्रका समसामयिक चुनौती र समाधानका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)