मङ्लबार, साउन २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०८३
  • 47
    SHARES

काठमाडौँ –  स्वर्ण जयन्तीको पूर्व सन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठुलो र प्रतीक्षित मेला ‘एच.पी. प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना गर्ने भएको छ। यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी परिसरमा हुन गइरहेको यो भव्य अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि विशेष आकर्षण र व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने आयोजक नाडाले विश्वास लिएको छ।

 

यस वर्षको नाडा अटो शोमा साना र ठूला गरी कुल २०० वटा स्टलहरू रहनेछन्। प्रदर्शनीमा २२ वटा ब्रान्डका प्यासेन्जर कार भेहिकल, १६ वटा ब्रान्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको सहभागिता रहनेछ। यसका साथै ८ वटा नेपाली उत्पादकहरूसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्नेछन्।

देशभरका अटो व्यवसायीहरूमाझ मेलालाई लिएर उत्साहजनक माहौल बनेकाले हालसम्म पनि स्टलका लागि अत्यधिक माग भइरहेको छ। तर प्रदर्शनी स्थलमा उचित ठाउँको अभावका कारण इच्छुक सबै व्यवसायीहरूलाई स्टल उपलब्ध गराउन अप्ठ्यारो परिरहेको आयोजकले जनाएको छ। स्वदेशी उत्पादनका साथै अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहने यो अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)