काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार बिहान भेटवार्ता भएको छ।
डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्र पछिल्लो समय देखिएका आन्तरिक तथा सांगठनिक विवाद समाधान गर्ने विषयमा छलफल भएको हो।
मंगलबार बिहान पौने १० बजे सुरु भएको भेटवार्ता सवा १० बजेसम्म चलेको थियो। भेटमा पार्टीको वैधानिकता, नेतृत्व तथा नीतिगत विषयमा देखिएका विवादलाई कसरी टुंगोमा पुर्याउने भन्नेबारे दुवै नेताले आ–आफ्ना धारणा राखेका थिए।
यद्यपि, छलफलबाट कुनै ठोस सहमति भने जुट्न सकेन। कांग्रेसभित्र वैधानिकता र नेतृत्वको विषयलाई लिएर राजनीतिक तथा कानुनी बहस चलिरहेका बेला दुई नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
