बिहिबार, साउन २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०८३
  • 47
    SHARES

काठमाडाैँ –  धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अङ्कले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अङ्कले बढेर ४६४ दशमलव ५९ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अङ्कले बढेर १८२ दशमलव १६ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले बढेर १५७ दशमलव ३३ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड दुई लाख २५ हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये १० उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । एक उपसमूह स्थिर रह्यो । आज १७१ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिस्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी प्रभु बैङ्क डिबेञ्चर, ग्लोबल आइएमई बैङ्क डिबेञ्चर, स्ट्रान्डर्ड चार्टड बैङ्कको डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)