शुक्रबार, साउन २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लगानी विस्तार गरेर रोजगारी श्रृजना गर्ने सरकारको मुख्य प्राथमिकता: अर्थमन्त्री


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०८३
  • 37
    SHARES

तनहुँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह, पार्टी सभापति रवि लामिछानेसहित सम्बन्धित पक्षसँग परामर्श र छलफल गरेरै करका दर हेरफेर गरिएको बताउनुभएको छ ।

प्रधानमन्त्री, पार्टी सभापति लगायतसँग करिब आठ घण्टा घनिभूत छलफल गरेर बजेट तथा करका दरसम्बन्धी निर्णय गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

 

 

जिल्ला समन्वय समिति तनहुँको आयोजनामा आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर सञ्चालित विकास निर्माण तथा सेवा प्रवाहको अवस्थाबारे आयोजित जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले करका दर हेरफेर आफ्नो व्यक्तिगत निर्णय नभएको स्पष्ट पार्नुभयो ।

उहाँले पूर्वाधार, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

अघिल्लो सरकारकै पालादेखि ठूलो आन्तरिक तथा बाह्य ऋणको दायित्व रहेकाले राज्यलाई आवश्यक स्रोत जुटाउन राजस्वका नयाँ आधार खोज्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले सरकार सुशासन र पारदर्शिताको पक्षमा निर्मम रूपमा अघि बढिरहेको दाबी गर्नुभयो ।

राज्यका स्रोतसाधनको प्रभावकारी उपयोग, विकास निर्माणमा परिणाममुखी काम र सेवा प्रवाहमा सुधारलाई सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)