शनिबार, भदौ ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति


  • माउन्टेन खबर
  • शनिबार, भदौ ६, २०८३
  • 42
    SHARES

काठमाडौं-  नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’बीच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले सञ्चालन गर्दै आएका धर्ना, प्रदर्शन तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको गहन छलफलपछि १४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।

सरकार र महाभियानबीच विभिन्न माग तथा विषयमा छलफलपछि सहमति जुटेको हो। सहमतिपछि महाभियानले हाल सञ्चालन गर्दै आएको आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

पुल्चोकमा जारी धर्ना तथा आन्दोलनका कार्यक्रमसमेत सहमतिसँगै अन्त्य हुने भएका छन्। सरकार र महाभियानबीच भएको १४ बुँदे सहमतिलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)