सोमवार, भदौ ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुस्ताङबाट काठमाडौँ फर्किए प्रधानमन्त्री


  • माउन्टेन खबर
  • आइतवार, भदौ ७, २०८३
  • 60
    SHARES

मुस्ताङ-  प्रधानमन्त्री बालेन्द्र शाह आइतबार बिहान ९ः५० बजे मुस्ताङबाट काठमाडौँ फर्किनुभएको छ। शनिबार राति पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुग्नुभएका प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्किनुभएको हो।

 

 

 

 

मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री शाह घरपझोङ गाउँपालिका–३, जोमसोम बजारस्थित मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होममा बस्नुभएको थियो। पाँच दशकअघिदेखि विष्णु राज र श्रीमती लालकुमारी हिराचनले सञ्चालन गर्दै आउनुभएको उक्त होटलमा प्रधानमन्त्री शाहले एक रात बिताउनुभएको थियो।

परिवारसहित मुक्तिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री शाहले शनिबार साँझ मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो। उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसादसमेत ग्रहण गर्नुभएको थियो।

पूजाअर्चना सम्पन्न गरी प्रधानमन्त्री शाह शनिबार राति करिब ८ः४५ बजे मुक्तिनाथ मन्दिरबाट फर्किनुभएको थियो। त्यसपछि उहाँ कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड हुँदै फर्किनुभएको हो। म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले आवश्यक सुरक्षा व्यवस्था सुदृढ पारिएको छ।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पारिवारिक भ्रमणका रूपमा रहेको र यस क्रममा कुनै अतिरिक्त औपचारिक कार्यक्रम नरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)