सोमवार, भदौ ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ


  • माउन्टेन खबर
  • सोमवार, भदौ ८, २०८३
  • 41
    SHARES

काठमाडौं  – बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

किशोरको बयान चलिरहेका बेला बयान कक्षभित्र खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीमाथि प्रश्न उठेको थियो । भिडियोमा किशोरले घटनाबारे दिएको बयानसम्बन्धी संवेदनशील विवरणसमेत सार्वजनिक भएको थियो ।

भिडियो प्रहरीकै बयान कक्षबाट बाहिरिएको देखिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको बारा प्रहरीका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका प्रहरीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको छ ।

बयानको भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र घटनामा अन्य प्रहरीको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भिडियो कसरी खिचियो र सामाजिक सञ्जालमा कसरी पुग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)