सोमवार, भदौ ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति


  • माउन्टेन खबर
  • सोमवार, भदौ ८, २०८३
  • 39
    SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमाबुबाले गृह मन्त्रालयमा दिएको धन्यवादको भिडियो खिचेर सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले मृतकका अभिभावकको संवेदनशील अवस्थालाई ध्यानमा राख्नुपर्ने बताएका हुन् । उनले घटनाबारे आफूले धेरै टिप्पणी नगरे पनि यसले नेपाली समाज कतातर्फ गइरहेको छ भन्ने प्रश्न उठाएको बताए ।

आचार्यले मृतकका आमाबुबाले मन्त्रालयमा धन्यवाद दिएको भिडियो खिचिनु र मेडिकल परीक्षणका क्रममा आरोपितले बोलेका कुरालाई सार्वजनिक गरिनु दुवै विषय गम्भीर भएको उल्लेख गरे ।

‘हामीले कस्तो समाज बनाइरहेका छौं भन्ने सबैले मनन गर्नुपर्छ,’ उनले भने, ‘जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र मेडिकल गर्दै गर्दा एउटा अक्युज्डले बोलेका कुराहरूलाई सार्वजनिक रूपमा पब्लिकमा राखिन्छ ।’

यस्ता संवेदनशील विषयलाई सार्वजनिक प्रदर्शनको माध्यम बनाउने प्रवृत्ति रोक्नुपर्नेमा आचार्यले जोड दिए । उनले यस्ता गतिविधिले समाजलाई गलत दिशातर्फ लैजाने भन्दै बन्द गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)