काठमाडौं – पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरूलाई तीव्र गतिमा पुनर्निर्माण गरिसकेपनि सरकारी संचरना भने निर्माण हुन नसकेको बताउनुभएको हो । राज्यका प्रमुख संरचनाको पुनर्निर्माण भने अझै सुस्त रहेको उहाँको भनाई छ । सिंहदरबार र संसद लगायतका भवन हालसम्म पनि जस्ताकोतस्तै रहेको बताउनुभयो । राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटलगायतका क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण पनि प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने ? उहाँले प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरु आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्, निजी क्षेत्रको त्यो उर्जा देखेर मलाई गर्व लाग्छ । तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु । या ेपालिको बजेट नै नयाँ संसद हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरु राखिराखेको छु । राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ? के–के नीतिगत र व्यावहारिक कमजोरीहरु छन्, त्यो पत्ता लगाउँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाउँ, विफोर ईटस् टु लेट ।’
उहाँले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रह गर्नुभयो ।
