काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण र रणनीतिक कार्यक्रम नभएको भन्दै चर्को आलोचना गर्नुभएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई पाँच वर्षमा के–के काम गर्ने भन्ने कामको खाका समेत रहेको टिप्पणी गर्नुभयो । उहाँले उहाँले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिँदै कर्मचारी र विगत ३५ वर्षको शासन व्यवस्थालाई दोष दिँदै हिँडिरहेको आरोप पनि लगाउनुभयो । उहाँले सरकार सामाजिक सञ्जालमा स्टाटस लेख्ने र एकअर्कालाई गाली गर्ने काममा मात्र केन्द्रित भएको आरोप लगाउनुभयो । उहाँले सामाजिक सञ्जालमा न्याय माग्ने नागरिकमाथि गालीको वर्षा भइरहेको र उक्त गाली गर्ने सञ्जालको नेतृत्व प्रधानमन्त्री कार्यालयबाट भइरहेको आरोप पनि लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार आफैंलाई कहाँ जाने भन्ने पनि थाहा छैन । राज्य सञ्चालन कसरी गर्ने भन्ने पनि थाहा छैन । कानून पनि पढेका छैनन्, संविधान पनि पढेका छैनन् । दोष कर्मचारीलाई दिन्छन् । दोष विगतको ३५ वर्षलाई दिन्छन् । यीनिहरुसँग न कुनै दर्शन छ, न कुनै राजनीतिक ज्ञान छ । सरकारले पाँच वर्षमा के गर्ने हो ? सुरुवाती दुई वर्षमा के गर्ने हो भन्ने कुनै कार्यक्रम पनि छैन । सरकारको कार्यक्रम के मात्र छ भने स्टाटस लेख्ने एकअर्कालाई गाली गर्ने मात्रै छ । नागरिकले न्याय माग्दा समेत हेर्नै नसकिने गरी लागीको वर्षा भइरहेको छ । सत्ताधारी पार्टीका सभापतिज्यूले हिजो कारबाही गर्छौँ भनेर त भन्नुभयो । तर यो प्रधानमन्त्रीको कार्यालयबाट यी नेटकर्वहरु चलिराखेका छन् । गाली गर्न र सिंहदरबार जलाउने संस्कार सिकाएपछि अहिले गाली नगर भन्दा मान्छ त ?’
सत्तारुढ दलले नै गाली गर्न र सिंहदरबार जलाउने संस्कार सिकाएपछि अहिले गाली नगर भन्दा मान्छन् त ? भन्दै प्रश्न समेत गर्नुभयो ।
