शनिबार, अशोज ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाइँदै


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०८३
  • 32
    SHARES

काठमाडौ- आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाइँदै छ ।

 

 

 

 

जनताले निर्वचनमार्फत छानेका आफ्ना प्रतिनिधिहरुबाटै संविधान बनाएर जारी गरिएको आज ११ वर्ष पूरा भएको छ ।

२०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाइने गरिएको छ । जनताले संविधानसभाकै निर्वाचन मार्फत जनप्रतिनिधि छानेका र ती प्रतिनिधिहरुले बहस छलफल गरी स्वतन्त्र रुपमा संविधान तयार गरी जारी गरिएकाले पनि यो दिवसको विशेष महत्व रहेको छ ।

नयाँ संविधानले शासकीय संरचनालाई जातीय, क्षेत्रीय, लैंगिक समावेशीकरण गर्नुका साथै नेपालको शासकीय स्वरुपलाई संघीय प्रणालीका रुपमा स्थापित गर्ने काम पनि गरेको छ । संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)