मङ्लबार, अशोज २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि र अजयबाबुको अग्रता कायमै


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २७, २०८३
  • 41
    SHARES

काठमाडाैं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीको खुला तर्फ ५ हजार मतगणना गर्दा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै गरेका छन्। मंगलबार बिहानसम्म ५ हजार ८९ मत गणना भएको छ।

दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्। सिवाकोटी दोस्रो स्थानमा रहेर १ हजार ५५६ मत प्राप्त गरेका छन्।

यस्तै, अन्य प्रतिस्पर्धीहरूमा डिल्लिराम सुवेदीले १ हजार ३३० मत, देवेन्द्र राज कँडेलले १ हजार १२ मत र राजीव ढुङ्गानाले ९०१ मत प्राप्त गरेका छन्।

चुनावी प्रतिस्पर्धामा उत्रिएका विकास कोइरालाले ८१५ मत, अमृत कुमार अर्यालले ६६६ मत, रमेश प्रसाद धमलाले ५८० मत तथा विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)