मङ्लबार, अशोज २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईसीसी लिग–२ : नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २७, २०८३
  • 32
    SHARES

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

 

 

 

नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै शृङ्खलामा विजयी सुरुवात गरेको थियो। यता, शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई हराएको थियो।

लिग–२ को शीर्ष चारमा पर्ने नेपालको सम्भावना समाप्त भइसकेको अवस्थामा अब टोलीको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु रहेको छ। त्यसका लागि नेपालले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंक जोड्नुपर्नेछ।

लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ। नेपालसँग पराजित भएपछि क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ। ओमान भने २९ खेलबाट ३३ अंक जोड्दै तालिकामा बलियो अवस्थामा छ।

आजको खेल नेपालका लागि अंकतालिकामा सुधार गर्ने र ओडीआई मान्यता जोगाउने लक्ष्यतर्फ अघि बढ्न महत्त्वपूर्ण हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)