शुक्रबार, कार्तिक २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम रोयल्स प्लेअफमा


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २८, २०८३
  • 36
    SHARES

काठमाडौँ   – उत्कृष्ट बलिङ लय कायम राख्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पाँचौं खेलमा जित निकाल्दै प्लेअफमा पुगेको छ ।
कीर्तिपुरमा शुक्रवार भएको लिगको आफ्नो अन्तिम तथा सातौं खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजमाथि ७ रनको जित निकाल्दै प्लेअफमा स्थान बनायो । प्लेअफमा पुग्न जित्नैपर्ने खेलमा सुदूरपश्चिमले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै रोमाञ्चक जित रचेको हो । त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिमले १२६ रनको सामान्य लक्ष्य दिएको थियो । तर बलिङमा उत्कृष्ट लय जारी राखेपछि सुदूरपश्चिम यो लक्ष्य जोगाउन सफल भयो । काठमाण्डुले पूरै ओभरमा सात विकेट गुमाउँदै ११८ रन मात्र जोढ्न सक्यो । अघिल्लो खेलमा पनि सुदूरपश्चिमले जनकपुर बोल्ट्सविरुद्ध १२० रनको लक्ष्य रक्षा गरेको थियो । लगातार दोस्रो खेलमा उत्कृष्ट फिल्डिङ गरेपछि सुदूरपश्चिमले अन्तिम बलमार्पmत जित रच्यो ।

सात खेलबाट सुदूरपश्चिम १० अंकसहित शिर्ष स्थानमा पुग्यो । साथै दुई संस्करणको उपविजेता सुदूरपश्चिमले पहिलो क्वालिफायरको पनि दाबेदारी दिएको छ । छैटौं खेलमा पराजित भएपछि काठमाण्डुमाथि भने दबाब परेको छ । लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ । अब प्लेअफका लागि दुई स्थान बाँकी छ । त्यसमा काठमाण्डुसहित विराटनगर किङ्स र चितवन राइनोज दाबेदारमा छन् । विराटनगर र काठमाण्डुको समान एक खेल बाँकी छ भने चितवनले दुई खेल खेल्न बाँकी छ । एउटा खेल चितवनले अहिले साँझ जनकपुर बोल्ट्ससँग खेल्दैछ । यो खेल जित्दा काठमाण्डु र विराटनगरमाथि दबाब बढ्नेछ । काठमाण्डु र विराटनगरको समान ८ अंक छ । चितवनको भने पाँच अंक छ ।

उत्कृष्ट बलिङ गरे पनि ब्याटिङमा राम्रो गर्न नसक्दा काठमान्डुले एक खेलअगावै प्लेअफ पुग्ने अवसर गुमायो । सामान्य लक्ष्य पछ्याएको काठमाण्डुका लागि मध्य क्रमका ब्याटर रासिद खान ३५ रनमा अविजित रहे । मध्य क्रमका ब्याटर दुसान हेमन्थले २१ रन जोड्दा ओपनर साम हेजलेटले ११ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा काठमान्डुले हार व्यहो¥यो । सुदूरपश्चिमले २० रन अतिरिक्त दिए पनि काठमाण्डुले सदुपयोग गर्न सकेन । सुदूरपश्चिमको बलिङमा अनिल खरेलले दुई तथा स्कट कुग्गेलिन, हेमन्त धामी र फाबियन एलनले समान एक विकेट लिए । सुदूरपश्चिमको जितमा दीपेन्द्रसिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ खेले । यो प्रदर्शनले नै उनी म्यान अफ दी म्याच भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले शुरुवात खराब रह्यो । तर, कप्तान दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले पूरै ओभरमा ६ विकेट गुमाउँदै १२६ रनको मध्यम योगफल बनायो । कप्तान दीपेन्द्रसिंह ६० रनको अर्धशतकीय इनिङ खेले । उनले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । उनले १६.४ ओभरमा जहानदाद खानको बलमा ५४ रन बनाउँदा क्याच मिसको रुपमा जीवनदान पाए । उनको क्याच काठमाडौंका कप्तान करण केसीले छुटाए । पावरप्लेमा धरापमा परेको ब्याटिङलाई दिपेन्द्र र आरिफको पाँचौं विकेटको लागि गरेको ५४ रनको साझेदारीले टिमलाई रिदम दियो । दिपेन्द्र सिंह ऐरीले छैटौं विकेटको लागि पनि ५४ रनको साझेदारी बनाए ।

सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा आज ओपनिङमा विनोद भण्डारीको जोडीकोे रुपमा आएका स्कट कुगेलेइनले एउटा छक्का हानेर क्याच भए ।  दोस्रो विकेटको रुपमा वान डाउन आएका ब्रान्डन म्याकमुलेन डकआउट भए । चौथो क्रममा आएका इशान पनि डक भए । चौथो विकेटको रुपमा अर्का ओपनर विनोद भण्डारी १ रन बनाएर एलबीडब्ल्यूको शिकार भए ।

शिर्ष क्रमका ४ ब्याटर सस्तैमा पेभेलियन फर्किदा आरिफ शेखले दिपेन्द्रको साथमा साझेदारी बनाएका थिए । आरिफ शेखले १६ रन बनाएर रनआउट भए । थारिन्दु रत्नायके २६ र फाबियन एलन २ रनमा अविजित रहे । काठमाडौं गोर्खाजको लागि बलिङतर्फ जहानदाद खानले ३ विकेट लिए । सन्तोष यादवले २ विकेट लिए । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)